BIZMANDU
www.bizmandu.com

के पूँजीवादी ब्यवस्था साँच्चै समस्यामा पर्दैछ? रघुराम राजनले भने- साधनको सन्तुलित वितरण छैन

२०७५ फागुन २९

के पूँजीवादी ब्यवस्था साँच्चै समस्यामा पर्दैछ? रघुराम राजनले भने- साधनको सन्तुलित वितरण छैन
के पूँजीवादी ब्यवस्था साँच्चै समस्यामा पर्दैछ? रघुराम राजनले भने- साधनको सन्तुलित वितरण छैन

काठमाडौं। रिजर्भ बैंक अफ इण्डिया (आरबिआइ) का पूर्व गभर्नर डा. रघुराम राजनले बढ्दो असमानताले पूँजीवाद कसरी समस्यामा पर्दै गएको छ भनेर ब्याख्या गरेका छन्।

Tata
GBIME
Nepal Life

समाजमा संभावित विद्रोहको स्थितिलाई हेर्दा पूँजीवाद बिस्तारै खतरामा पर्न थालेको उनको टिप्पणी छ। 

'विशेष गरी सन् २००८ को वैश्विक आर्थिक मन्दिपछि आर्थिक र राजनीतिक ब्यवस्थाले सर्वसाधारणलाई समान अवसर उपलब्ध गराउन सकेन' उनले भने, 'यही कारण विद्रोह भएर पूँजीवाद नै खतरामा पर्न थालेको छ।'

सिकागो युनिभर्सिटीका प्राध्यामकसमेत रहेका राजनले एक रेडियो अन्तर्वार्तामा अर्थतन्त्रका बारेमा सोचबिचार गर्ने समयमा सन्सार भरीका सरकारहरु सामाजिक असमानतालाई नजरअन्दाज गर्न नहुने उनको तर्क छ।

राजनले २००८ मा विश्व अर्थतन्त्रमा मन्दी छाउँदैछ भनेर भविष्यवाणि गरेका थिए। उनी त्यसबेला अन्तर्राष्ट्रिय मुद्रा कोषका मूख्य अर्थशास्त्री थिए। उनले बुधार पूँजीबाद र समाज विकासका बारेमा रेडियो अन्तर्वार्तामा टिप्पणी गरेका हुन्।

'मलाई लाग्छ पूँजीवादमाथि निक्कै गम्भिर खतरा मडराइ रहेको छ। किनभने यसमा कयौं योग्य मान्छेहरुलाई पनि अवशर प्राप्त भइरहेको छैन' उनले भने, 'जब यस्तो हुन्छ, त्यसबेला पूँजीवादमाथि खतरा बढ्छ। पूँजीवाद बिरुद्ध विद्रोह सुरु हुन्छ।'

उनले पूँजीवादमा सबैले समान अवसर नपाएको भन्दै यसैका कारण अन्य पक्षमा असन्तुष्टी बढ्दै गएको बताए। 'साधनहरुको सन्तुलित बितरण जरुरी छ। तर आजको विश्वमा त्यो भइरहेको छैन' उनले भने। 

राजनले केही समयअघिसम्म सामान्य शिक्षाका भरमा पनि मध्यमस्तरको जागिर सजिलै पाउने अवस्था रहेको सन्दर्भ उठाउँदै भने, 'तर २००८ को आर्थिक संकटपछि अवस्था बदलिएको छ। तपाईलाई मध्यमस्तरको जागिर पाउन पनि गुणस्तरीय र उच्च शिक्षा आवश्यक पर्छ।'