BIZMANDU
www.bizmandu.com

महालक्ष्मी विकास बैंकले विद्यालयमा जडान गर्यो स्यानिटरी न्यापकिन भेन्डिङ मेसिन

२०७५ फागुन २७

महालक्ष्मी विकास बैंकले विद्यालयमा जडान गर्यो स्यानिटरी न्यापकिन भेन्डिङ मेसिन
महालक्ष्मी विकास बैंकले विद्यालयमा जडान गर्यो स्यानिटरी न्यापकिन भेन्डिङ मेसिन

काठमाडौं। महालक्ष्मी विकास बैंकले स्यानिटरी न्यापकिन भेन्डिङ मेसिन जडान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जडान गरेको हो।

Tata
GBIME
Nepal Life

बैंकको महिलवार, लुम्बिनी शाखाले नारी दिवसको अवसर पारी महिलवार, लुम्बिनीस्थित करुणा कन्या उच्च माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १२ का किशोरीहरुका लागि मेसिन जडान गरिदिएको हो। 

मेशिनको प्रयोगबाट त्यस विद्यालयका किशोरीहरुले आफूलाई चाहेको बखत सेनिटरी प्याडको प्रयोग गर्न सक्नेछन्। यस प्रकारको सुविधाले महिनावारीको समयमा किशोरीहरुले सहजै सरसफाइ कायम गरी यौनजन्य संक्रमणबाट बच्न सक्नेछन्।