BIZMANDU
www.bizmandu.com

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चेम्बरको कार्यक्रम, विभिन्न क्षेत्रका नौं महिला सम्मानित

२०७५ फागुन २४

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चेम्बरको कार्यक्रम, विभिन्न क्षेत्रका नौं महिला सम्मानित
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चेम्बरको कार्यक्रम, विभिन्न क्षेत्रका नौं महिला सम्मानित



काठमाडौं।उपराष्ट्रपति नन्दबहादुर पुनले महिलाहरुको बिशाल, धैर्यवान  र सन्तुलित भूमिकाको कारण बिश्व सुन्दर भएको बताएका छन्। नेपाल महिला चेम्बरको आयोजनामा शुक्रबार राजधानीमा आयोजित अन्तर्राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका छन्।

Tata
GBIME
Nepal Life

“इतिहासमा महिलाहरुमाथि संसारभर भएको विभेदले नारीहरुलाई सचेत र जागरुक बनाएको हो“, उपराष्ट्रपति पुनले भने। महिलाहरुले आफ्नो हक, अधिकार र अवसर प्राप्तीको लागि गरेको कठोर संघर्सको प्रतिफल स्वरूप नारी जगत आज समान दायित्व, भूमिका र अवसरका साथ राष्ट्र–निर्माणमा अघि बढेको उनले बताए।

इतिहासमा नेपालको राजनीतिक, सामाजिक तथा आर्थिक रुपान्तरणको लागि महिलाले गरेको प्रेरणादायी योगदानको कारण देशमा परिवर्तन सम्भव भएको कुरामा उनले जोड दिए। “देशमा प्रजातन्त्र र गणतन्त्र ल्याउन अग्र मोर्चामा खटेर बलिदान गर्ने साहसिक महिला जगत नभएको भए देशले आज यो परिवर्तन पाउने थिएन“, उनले भने।

देशको अर्थतन्त्र माथि उकास्न आयात र निर्यातको क्षेत्रमा महिलाहरुको सहभागिताले ठुलो योगदान दिएको उनले बताए। चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व बैंकको प्रतिवेदनमा उल्लेख भएको लक्ष्य हासिल गर्न चेम्बर लागिरहेको बताए।

नेपाल महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले नेपाली नारीहरुको संघर्षको कारण आज राज्यका निकायहरुमा ३३ प्रतिशत कोटा प्राप्त भएको बताईन्। नारीहरु चुल्हो र चौकोमा मात्र सिमित हुने बिरासतमा नारिहरुकै भूमिकाको कारण परिवर्तन भएको र राज्यको नीति निर्धारण र कार्यान्वयनको तहमा पुग्न सकेको उनले बताईन्।

त्यस्तै बिभिन्न क्षेत्रमा उत्कृष्ट पेशा–व्यवसाय गरेका ९ जना महिलाहरुलाई नेपाल महिला चेम्बरले सम्मान गरेको थियो । सम्मानित हुनेमा विधाता श्रेष्ठ, कृष्ण कुमारी पौडेल, लाक्पा फुटी शेर्पा, मिरा भट्टराई,  शिब कुमारी डंगोल, सुलोचना श्रेष्ठ नेवा, मंजु मिश्र, अनुपमा खुन्जेली र लक्ष्मी शर्मा छन्।