BIZMANDU
www.bizmandu.com

आक्रोशित शेयर ब्रोकरलाई सेवोन अध्यक्ष कार्कीले भेट्न बोलाए, अघिल्लो दिन बोलेको बिषयमा समिक्षा

२०७५ फागुन १०

आक्रोशित शेयर ब्रोकरलाई सेवोन अध्यक्ष कार्कीले भेट्न बोलाए, अघिल्लो दिन बोलेको बिषयमा समिक्षा
आक्रोशित शेयर ब्रोकरलाई सेवोन अध्यक्ष कार्कीले भेट्न बोलाए, अघिल्लो दिन बोलेको बिषयमा समिक्षा

काठमाडौं। अर्थ समितिमा भएको छलफलपछि ब्रोकर र धितोपत्र बोर्डबीच बिबाद बढेको छ। अर्थ समितिमा अध्यक्ष डा. रेवतबहादुर कार्कीले बोलेको बिषयलाई लिएर ब्रोकर एशिसिएसन बिहीबार ज्ञापनपत्र बुझाउन धितोपत्र बोर्ड पुगेका थिए।

Tata
GBIME
Nepal Life

कार्कीले उनीहरुलाई समय छैन भनेर फर्काइदिएका थिए। ब्रोकरहरुले अध्यक्षले भेट्न नमानेको भन्दैी सार्बजनिक बिरोध गरेपछि शुक्रबार कार्कीले ५० वटै ब्रोकरहरुलाई बोलाएका छन्। 

अर्थसमितिमा अध्यक्ष कार्कीले झुट्टो प्रचासबाजी र आधारहिन आरोप लगाएको एशोसिएसनका पदाधिकारीले जनाएका छन्। अध्यक्ष कार्कीले बिहीबार भेट्न नमानेपछि ब्रोकरहरुले कार्यकारी निर्देशकलाई ज्ञापनपत्र बुझाएर फर्किएका थिए।  

विगत चार वर्षदेखि शेयर बजारको विकासमा बाधा पुर्याएको आरोप कार्कीले ब्रोकरलाई लगाएका थिए।