BIZMANDU
www.bizmandu.com

अमलेखगञ्ज आयल निगम हाताभित्र प्रभु बैंकको काउन्टर, जहाँबाट पनि पैसा जम्मा गर्न मिल्ने

२०७५ फागुन १०

अमलेखगञ्ज आयल निगम हाताभित्र प्रभु बैंकको काउन्टर, जहाँबाट पनि पैसा जम्मा गर्न मिल्ने
अमलेखगञ्ज आयल निगम हाताभित्र प्रभु बैंकको काउन्टर, जहाँबाट पनि पैसा जम्मा गर्न मिल्ने

काठमाडौं। प्रभु बैंकले बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगल लिमिटेडको एक्स्टेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ। 

Tata
GBIME
Nepal Life

निगमका क्षेत्रीय प्रमुख प्रदिपकुमार यादवले काउन्टरको उद्घाटन गरेका छन्। उद्घाटनपछि यादवले पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुलाई पेट्रोलियम पदार्थको कारोबार गर्न सहज हुने बताए।

कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अमलेखगञ्जस्थित निगमको ईन्धन डिपोेसँग कारोबार गर्ने पेट्रोलियम व्यवसायीहरुको सुविधालाई ध्यान दिएर एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको बताए। 

उनले अब हरेक पेट्रोलियम व्यवसायीले नगद बोकेरै आउनु नपर्ने, प्रभु बैंकको जुनसुकै शाखा कार्र्यालयबाट नेपाल आयल निगम अमलेखगञ्जको खातामा निःशुल्क रुपमा रकम जम्मा गरी पेट्रोलियम पदार्थको कारोबार गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए।