BIZMANDU
www.bizmandu.com

एलजीको घरायसी उपकरणको नयाँ शोरुम ग्वार्कोमा, सबै किसिमका सामान किन्दा २० प्रतिशत छुट पाइने

२०७५ फागुन ८


काठमाडौं। सिजी इलेक्ट्रोनिक्सले ललितपुरको ग्वार्को चोकमा नयाँ शाखा बिस्तार गरेको छ। नेपालमा एलजीको आधिकारिक बितरक सिजीले सम्पूर्ण घरायसरी उपकरणहरुको शो रुम खोलेको जनाएको छ।

Tata
GBIME
Nepal Life

नयाँ शोरुमको एलजी सिंगापुरका एक्सपोर्ट डाइरेक्टर सिउङ हो लि. तथा सिजी कर्प ग्लोबलका एमडी निर्वाण चौधरीले उद्घाटन गरे।

शोरुममा  घरलाई चाहिने सम्पूर्ण डिजिटल उपकरणहरु तथा सामाग्रीहरु  राखिएको कम्पनीले जनाएको छ।

शोरुम उद्घाटनको उपलक्ष्यमा ग्राहकलाई सबै किसिमका सामाग्री खरिदमा २० प्रतिशत छुट पनि दिने जनाएको छ।

छुट योजना आगामी मार्च ५ सम्म लागू हुने कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।