BIZMANDU
www.bizmandu.com

घुस काण्डमा फसेका अख्तियारका आयुक्त पाठकको राजीनामा, जग्गा विवादमा लिएका थिए ७८ लाख घुस

२०७५ फागुन ३


काठमाडौँ। घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन्।

Tata
GBIME
Nepal Life

आयुक्त पाठकले शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामापत्र बुझाएका हुन्।

पाठकले नेपाल इन्जिनियरिङ कलेजको जग्गा सम्बन्धी विवादमा ७८ लाख रुपैयाँ घुस लिएको खबर बाहिरिएपछि पाठकले राजीनामा दिएका हुन्।

पाठकले राजीनामा नदिए सरकारले महाअभियोग लगाउने तयारी गरेको थियो।