BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री मोदीले हरियो झण्डा फहराएपछि भारतमा बनेको पहिलो रेल कुद्यो, यस्तो छ विशेषता

२०७५ फागुन ३


नयाँ दिल्ली। भारतको पहिलो तीब्र गतिको रेल बन्दे भारत  एक्सप्रेस अर्थात ट्रेन १८ को आजदेखि औपचारिक शुभारम्भ भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले  हरियो झण्डा देखाएर रेलको  उद्घाटन गरे।

Tata
GBIME
Nepal Life

भारतमै बनेको पहिलो सेमी हाई स्पिड ट्रेनले दिल्लीदेखि वनारसबीचको दूरी तय गर्नेछ। यो रेलले ७ सय ५५ किलोमीटर दूरी ८ घण्टामा तय गर्ने बताइएको छ।

बन्दे भारत एक्सप्रेस हप्तामा पाँचदिन यात्रा गर्ने बताइएको छ। एसी चेयर कार तथा एक्जेक्युटिभ क्लास भएको ट्रेनमा दुई किसिमले  यात्रुको सेवालाई बर्गीकरण गरिएको छ।

दिल्ली देखि वनारसको यात्राकालागि एसी चेयर क्लासलाई १७ सय ६० भारतीय रुपैयाँ तथा एक्जेक्युटिभ क्लासकालागि ३ हजार ३ सय १० भारतीय रुपैयाँ भाडा तोकिएको छ।

दुबै भाडादरमा चियानास्ता तथा खाना पनि उपलब्ध हुने बताइएको छ। यो रेलमा अन्य रेलमा जस्तो खाना तथा नास्ता नभइ नयाँ मेनु राखिएको छ।

ट्रेन १८ नामले चिनिने बन्दे भारत एक्सप्रेसलाई चेन्नइको इन्टिग्रल कोच फ्याक्ट्रीले एकसय करोड भारतीय रुपैयाँ खर्च गरी तयार पारेको हो। यो ट्रेन बनाउन १८ महिना लागेको थियो।

बिदेशबाट आयात गर्नु परेको भए यो रेलको  १७० करोड भारतीय रुपैयाँ पर्ने अधिकारीहरुले बताएका छन्।  मेक इन इन्डिया कार्यक्रम अन्तर्गत तयार पारिएको यो रेलमा मेट्रो ट्रेनको जस्तो अटोमेटिक ढोकाहरु राखिएका छन् जुन प्लेटफर्ममा पुगेपछि आफैँ खुल्ने तथा बन्द हुने गर्छन्।