BIZMANDU
www.bizmandu.com

हेल्थ केयर कम्पनीमा गोल्छा समुह, काभ्रेबाट भ्याक्सिन उत्पादन सुरु, निर्यात गर्ने लक्ष्य

२०७५ फागुन १

हेल्थ केयर कम्पनीमा गोल्छा समुह, काभ्रेबाट भ्याक्सिन उत्पादन सुरु, निर्यात गर्ने लक्ष्य
हेल्थ केयर कम्पनीमा गोल्छा समुह, काभ्रेबाट भ्याक्सिन उत्पादन सुरु, निर्यात गर्ने लक्ष्य

काठमाडौं। गोल्छा अर्गनाइजेसनसमेतको लगानीमा हेल्थ केयर कम्पनीको सुरुवात भएको छ। गोल्छा अर्गनाइजेसन र हेस्टर बायोसाइन्सेस लिमिटेड इन्डियाको संयुक्त लगानीमा काभ्रेको नालामा हेस्टर बायोसाइन्सेज सञ्चालनमा ल्याइएको हो।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नालाको उग्रचण्डीमा आयोजित कार्यक्रममा नयाँ संयन्त्रको उद्घाटन गरेका छन्।
कार्यक्रममा प्रधानमन्त्री ओलीले अधिकांश मानिसहरु पशुपालनमा रहेको नेपालमा हेस्टर बायोसाइन्सेजले किसानलाई सहयोग पुर्याेउने बताए। उनले यसले घरेलु आम्दानी वृद्धि गर्न मद्दत पुग्ने पनि उल्लेख गरे।

‘नेपालमा अधिकांश मानिसहरुको आम्दानीको स्रोत पशुपालन हो, नालामा रहेको हेस्टर बायोसाइन्सेजले किसानहरुलाई पशुपालनमा मद्दत पुर्याउनुका साथै यसले अर्थतन्त्रमा सहयोग पुर्याउँदै घरेलु आम्दानीको स्रोत बढाएर शहरीकरणमा टेवा पुर्याउनेछ,’ उनले भने, ‘हेस्टर बायोसाइन्सेजका ९० प्रतिशत भन्दा बढि भ्याक्सिनहरु निर्यात हुन्छ।‘

यस्तै अर्थमन्त्री डा. युवराज खतिवडाले निर्यात उन्मुख व्यवसायले दीगो आर्थिक विकासमा मद्दत पुग्ने बताए। उनले सरकारले यस्ता उद्योगलाई प्राथमिकता दिने पनि उल्लेख गरे।

हेस्टर बायोसाइन्सेज नेपालका प्रमुख कार्यकारी अधिकृत राजीव गान्धीले पशुहरुमा देखापरेका रोगको निदान जरुरी भएको भन्दै त्यस्ता भ्याक्सिनहरु आफूसँग रहेको बताए। उनले आफ्नो उत्पादनको गुणस्तरीयतामा सधैँ ध्यान दिइने पनि उल्लेख गरे।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं गोल्छा संगठनका कार्यकारी निर्देशक शेखर गोल्छाले नेपालमा पशुजन्य उत्पादन वृद्धि भइरहेका बेला सरकारले पशुहरुको हेल्थ केयर कम्पनीलाई प्रवर्द्धन गर्न उच्च प्राथमिकता दिनुपर्ने बताए। उनले यस्ता कम्पनीले रोजगारी सिर्जना र राजस्व वृद्धि दुवैमा सहयोग गर्ने पनि उल्लेख गरे।

हेस्टरले उच्चतम प्रविधिको प्रयोग गर्दै कुखुरा र चौपायाहरुलाई आवश्यक पर्ने भ्याक्सिन उत्पादन गर्ने जनाएको छ। कम्पनीले वार्षिक १ अर्ब २४ करोड डोज उत्पादन क्षमता राख्छ। कम्पनीले हाल २० भ्याक्सिन उत्पादनका लागि लाइसेन्स पाएको र बाँकी २७ भ्याक्सिन लाइसेन्सको तयारीमा रहेको जनाएको छ। कम्पनीले हालसम्म २ करोड डोज भ्याक्सिन निर्यात गरिसकेको छ।