BIZMANDU
www.bizmandu.com

शिवमको देवदर्शन योजनाका १ सय २० जनाको नाम सार्वजनिक, हेलिकोप्टरबाट गोसाईकुण्ड दर्शन

२०७५ फागुन १

शिवमको देवदर्शन योजनाका १ सय २० जनाको नाम सार्वजनिक, हेलिकोप्टरबाट गोसाईकुण्ड दर्शन
शिवमको देवदर्शन योजनाका १ सय २० जनाको नाम सार्वजनिक, हेलिकोप्टरबाट गोसाईकुण्ड दर्शन


काठमाडौं। शिवम् सिमेन्टले ल्याएको लक्ष्मी हातमा देवदर्शन शिवमको साथमा योजनाको १ सय २० विजेता घोषणा गरिएको छ।

Tata
GBIME
Nepal Life

योजना अन्तर्गत ६० भाग्यशाली कुपन विजेतामार्फत १ सय २० जनाको नाम लक्की ड्रमार्फत सार्वजनिक गरिएको हो। विजेताले काठमाडौं–गोसाईकुड–काठमाडौं हेलिकप्टर मार्फत देवदर्शन गर्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस अघिनै पहिलो र दोस्रो चरणको लक्की–ड्र गरी २४० जना छनौटमा परिसकेका थिए।कम्पनीका अनुसार हालसम्म १८० कुपन मार्फत ३६० जना छनौट भई सकेका छन् भने अझै १२२ जनाका लागि हेलिकप्टरबाट गोसाईकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ ।

पुस ५ गतेबाट सुरु भएको यो योजनामा सहभागी हुन प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपन प्राप्त गरि हात खाली नहुने उपहार सयदेखि एक हजार सम्म नगद र २.५० ग्राम देखि १० ग्राम सम्मको सुन समावेस गरिएको थियो भने सोही कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखि काठमाडौं–गोसाईकुण्ड–काठमाडौं हेलिकप्टर यात्राको लागि लक्की–ड्र मा भाग लिन सकिने व्यवस्था मिलाएको थियो ।