BIZMANDU
www.bizmandu.com

आइएमई लाइफ इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच बैंकास्योरेन्स, बैंकका ग्राहकको सहज बीमा

२०७५ फागुन १


काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौतामा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरे।

बैंकास्योरेन्सपछि सर्वसाधारण तथा बैंकका ग्राहकले बैंकको कुनै पनि शाखाबाट आइएमई लाइफ इन्स्योरेन्सको जीवनबीमा गराउन सक्ने बताइएको छ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले हाल ६९ भन्दा बढी शाखाहरुमार्फत सेवा दिँदै आएको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको जनाएको छ।