BIZMANDU
www.bizmandu.com

आशा लघुवित्त संस्थाको प्राथमिक शेयर बाँडफाँट, ६३ हजार आवेदकले १० कित्ता शेयर पाए

२०७५ माघ २५

आशा लघुवित्त संस्थाको प्राथमिक शेयर बाँडफाँट, ६३ हजार आवेदकले १० कित्ता शेयर पाए
आशा लघुवित्त संस्थाको प्राथमिक शेयर बाँडफाँट, ६३ हजार आवेदकले १० कित्ता शेयर पाए

काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको प्राथमिक शेयर शुक्रबार बाँडफाँट भएको छ। ६२ हजार ९९३ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

Tata
GBIME
Nepal Life

उक्त शेयरमा तीन लाख ९ हजार ७८२ सर्वसधारणले आवेदन दिएका थिए। एक करोड १५ लाख ८२ हजार दुई सय ३० कित्ता शेयर माग भएको थियो। तर तीन लाख ९ हजार एक सय १० आवेदकले गरेको एक करोड १५ लाख ४९ हजार तीन सय ३० कित्ता मात्रै स्वीकृत भएको थियो। ६ सय ७७ आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।

संस्थाले ६ लाख २९ हजार ९३० कित्ता शेयर आवेदन खोलेको थियो। गत माघ १८ गतेदेखि खुला भएको आवेदनमा १० कित्तादेखि अधिकतम तीन हजार तीन सय ७० कित्ता आवेदन गर्न सकिन्थ्यो।

शेयर बाँडफाँटसँगै सर्वसाधारणतर्फको शेयर पुँजी ३२.५० प्रतिशत कायम हुने भएको छ। प्राथमिक शेयर निष्काशनका लागि गरेको क्रेडिट रेटिङअनुसार औसत जोखिम जनाउने 'केयर एनपी आइपिओ ग्रेड ४' प्राप्त गरेको थियो।

संस्थाले स्थापना भएको दुई वर्षको अवधिमा २३ वटा जिल्लामा शाखा विस्तार गरेको छ। हाल ३६ वटा शाखा कार्यालयबाट लघुवित्त वित्तीय सेवा प्रदान गर्दै आएको छ।

नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरमा वित्तीय कारोबार गर्न पाउने अनुमति पाएको छ। सञ्चालनमा रहेका ६२ वटा लघुवित्त वित्तीय संस्थाहरू मध्ये संस्थाको व्याज आम्दानीको हिस्सा जम्मा ०.६० प्रतिशत रहेको छ।

खुद ब्याज आम्दानी र नाफाको हिस्सा नगन्य रहेको रेटिङ एजेन्सीले जनाएको छ। संस्थाको प्रमुख संस्थापक शेयरधनी प्रभु ग्रुप अफ कम्पनी रहेको छ। प्राथमिक शेयर निष्काशनसँगै शेयर पुँजी २० करोड रुपैयाँ पुग्नेछ।