BIZMANDU
www.bizmandu.com

सरकारको ऋण ७.७१ प्रतिशतले बढ्यो, चार महिनामा ९ अर्ब ऋण, बहुपक्षीय दाताको हिस्सा ६८%

२०७५ माघ २५

सरकारको ऋण ७.७१ प्रतिशतले बढ्यो, चार महिनामा ९ अर्ब ऋण, बहुपक्षीय दाताको हिस्सा ६८%
सरकारको ऋण ७.७१ प्रतिशतले बढ्यो, चार महिनामा ९ अर्ब ऋण, बहुपक्षीय दाताको हिस्सा ६८%

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारको बाह्य ऋण ७.७१ प्रतिशतले बढेको छ। सरकारले यो अवधिमा बाह्य ऋण मात्रै लिएको थियो। 

Tata
GBIME
Nepal Life

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारी ऋण ९ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। यो रकममध्ये ५८.९६ प्रतिशत अर्थात ५ खर्ब ६१ अर्ब रुपैयाँ बाह्य ऋण हो भने ३ खर्ब ९१ अर्ब रुपैयाँ अर्थात ४१.०४ प्रतिशत आन्तरिक ऋण हो। विनिमय दरका कारण गत वर्षको ऋण रकम गत वर्षको भन्दा केही थप देखिएको कार्यालयले जनाएको छ। 

चार महिनाको अवधिमा द्विपक्षीय दाताबाट २ अर्ब ८१ करोड तथा बहुपक्षीय दाताबाट ५ अर्ब ९७ करोड रुपैयाँ ऋण लिएको छ। चार महिनामा कूल ८ अर्ब ७८ करोड रुपैयाँ ऋण लिएको प्रतिवेदनमा जनाइएको छ।

कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्षको तुलनामा कूल गार्हस्थ उत्पदन र ऋणको अनुपात १.३४ प्रतिशतले बढेको छ। 
सरकारले यो अवधिमा बहुपक्षीय दाताबाट ६८ प्रतिशत र द्विपक्षीय दाताबाट ३२ प्रतिशत ऋण लिएको पनि प्रतिवेदनमा जनाइएको छ।