BIZMANDU
www.bizmandu.com

महिन्द्राको स्पेयर्स पार्टस् बेच्ने दुगडले सुरु गर्यो एमकेयर भ्यान, यसरी दिन्छ ग्राहकलाई सेवा

२०७५ माघ १४

महिन्द्राको स्पेयर्स पार्टस् बेच्ने दुगडले सुरु गर्यो एमकेयर भ्यान, यसरी दिन्छ ग्राहकलाई सेवा
महिन्द्राको स्पेयर्स पार्टस् बेच्ने दुगडले सुरु गर्यो एमकेयर भ्यान, यसरी दिन्छ ग्राहकलाई सेवा

काठमाडौं। विगत २६ बर्षदेखि महिन्द्रा एण्ड महिन्द्रासँग सहकार्य गर्दै आएको दुगड ब्रदर्स एण्ड सन्सले घर दैलो सेवा र तालिम प्रदान गर्नका लागि एमक्यर भ्यान सञ्चालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

भ्यानको उद्घाटन कम्पनीका प्रबन्ध निर्देशक विवेक दुगड, नेपाल र भुटान हेर्ने प्रमुख चैतन्य कागल्कार, महिन्द्राको स्पेयर्स पार्टस प्रमुख राजेन्द्र अभिजित, कन्ट्रि सर्भिस म्यानेजर तपस पट्नायक, दुगड ब्रदर्सका अप्रेसन प्रमुख शम्भु सुवेदी र सर्भिस हेड सुदिपराज सुवेदीले गरेका छन्। कार्यक्रम बालाजु सोरुममा भएको थियो।

एमकेयर म्यान उच्च प्रविधि उपकरणहरूसँग सुसज्जित रहेको उल्लेख गर्दै कम्पनीले ग्राहकको सेवाका लागि आवश्यक समयमा प्राबिधिक विशेषज्ञ सहितको टोली लिएर साइट पुग्ने जनाएको छ। 

चुनौती पुर्ण सडक स्थिती, कुशल सेवा सुबिधा र पहुँच सिमा अवधीलाई विशेष ध्यानमा राख्दै एमकेयर भ्यानले ग्राहकलाई छिटो सेवा दिने विज्ञप्तिम उल्लेख छ।

एमकेयर भ्यानले स्थानीय वर्कशपहरुमा पनि टेक्निकल क्षमताको निर्माण गर्न महिन्द्राका प्रशिक्षित विशेषज्ञद्वारा नवीनतम प्रबिधी र उपकरणहरुको माध्यमले प्रशिक्षण दिनेछ। पहिलो चरणमा एमकेयरले २० जिल्लाहरूका १५० वटा स्थानीय टेक्निशियनहरू, २०० चालकहरू, ५ प्राविधिक संस्थानहरू र ग्राहकहरूको पहुँचमा पुग्ने मुख्य उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख छ।