BIZMANDU
www.bizmandu.com

युद्धका बेला पनि लगानी गरेको भन्दै श्रीलङ्कामा विनोद चौधरीको सम्मान, ‘ताज मेरो अवसर थियो’

२०७५ माघ ९

युद्धका बेला पनि लगानी गरेको भन्दै श्रीलङ्कामा विनोद चौधरीको सम्मान, ‘ताज मेरो अवसर थियो’
युद्धका बेला पनि लगानी गरेको भन्दै श्रीलङ्कामा विनोद चौधरीको सम्मान, ‘ताज मेरो अवसर थियो’

काठमाडौं। सिजी समूहका अध्यक्ष विनोद चौधरीलाई पर्यटन व्यवसायमा पुर्याएको योगदानका लागि श्रीलंकामा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ।

Tata
GBIME
Nepal Life

पर्यटन, होटल व्यवसायमा लगानी तथा संजाल सम्बन्धी  टुरिजम, होटल इन्भेष्टमेन्ट एण्ड नेटवर्किङ कन्फरेन्स (टिएचआइएनसी) का अवसरमा श्रीलंकाको राजधानी कोलम्बोस्थित गाल फेस होटलमा मंगलबार आयोजित सम्मेलनमा होटेलिभेट नामक संस्थाले सम्मान गरेको हो। 

होटेलिभेट भारतमा मुख्यालय रहेको होटल व्यवसायमा लगानी सम्बन्धी अन्तर्राष्ट्रिय परामर्शदाता संस्था हो। 

सम्मेलनमा विभिन्न १४ वटा मुलुकका  पर्यटन व्यवसायसँग सम्बन्धित संस्थाका १५० जनाको सहभागिता रहेको थियो।

श्रीलंकामा दुई दशक लामो यात्रा र विश्वमा उद्यमशीलताको विकासको लागि पथ प्रदर्शकको रुपमा निर्वाह गरेको भूमिकाको  कदरस्वरुप सम्मान गरिएको हो।

गृहयुद्धमा जेलिएको समयमा समेत श्रीलंकाको पर्यटन क्षेत्रमा संभावना देखेर जोखिम मोल्दै निरन्तर लगानी गरेको र आगामी दुई तीन वर्षभित्र सिजी ग्लोबल कर्पको संजालमा आवद्ध होटलको संख्या दुई सयभन्दा बढी पुर्याउने घोषणा गरिसकेको छ।

श्रीलंकामा सन् २००१ मा द ताज कोलोम्बोमा इण्डियन हस्पिटालिटी कम्पनी लिमिटेडसँगको साझेदारीमा लगानीसँगै सिजी समूहले होटल व्यवसायमा अन्तर्राष्ट्रिय बजारमा प्रवेश गरेको हो।

'संभावनालाई पहिल्याउने मभित्रको क्षमताले नै मलाई जोखिम पूर्वानुमानको जोखिम मोल्न समेत आत्मविश्वास दिलाउँछ, सम्मानपछि कार्यक्रम सम्बोधन गर्दै चौधरीले भने, 'मैले ताजको विषयमा त्यही निर्णय लिए। त्यो मेरो लागि अन्य संभावना पहिल्याउने अवसर पनि थियो।'

पर्यटन व्यवसायमा ताज समुद्रसँगै प्रवेश गरेको सिजी समूह अन्तर्गतको सिजी हस्पिटालिटी अन्तर्गत नेपाल, भारत, श्रीलंका, युरोप र अफ्रिकी मुलुक समेत १२ वटा मुलुकमा १२५ होटल र ६५०० कोठा छन्।

सिजी हस्पिटालिटीले जिन्क ,भिभान्ता र ताज ब्राण्ड मा होटलमा साझेदारी र व्यवस्थापनमा सहभागी रहेको छ। नेपालमा मुख्यालय रहेको सिजी समूहको विश्वको ३० भन्दा बढी देशमा ७६ ब्राण्ड र १२२ वटा कम्पनीमा लगानी रहेको छ।