BIZMANDU
www.bizmandu.com

एशियन लाइफ इन्स्योरेन्समा नयाँ पोलिसी, घातक रोग लागेमा अधिकतम ५० लाख रुपैयाँ उपचार खर्च

२०७५ माघ ८

एशियन लाइफ इन्स्योरेन्समा नयाँ पोलिसी, घातक रोग लागेमा अधिकतम ५० लाख रुपैयाँ उपचार खर्च
एशियन लाइफ इन्स्योरेन्समा नयाँ पोलिसी, घातक रोग लागेमा अधिकतम ५० लाख रुपैयाँ उपचार खर्च


काठमाडौं। एशियन लाइफ इन्स्योरेन्समा बीमा गर्दा विमितले १८ प्रकारका घातक रोगहरु विरुद्ध बीमा सुरक्षा पाउने भएका छन्। कम्पनीले बीमितलाई घातक रोग लागेमा एशियन क्रिटिकल केयर मार्फत पुरक करारको व्यवस्था गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले आफ्ना विमितलाई ऐच्छिक रुपमा यस्तो पोलिसी जारी गर्ने भएको हो। विमितले केही थप प्रिमियम तिर्दा बीमाङ्क रकम बराबरकै उपचार खर्च पाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले जानकारी दिए।

यदि बीमाङ्क रकम ५० लाख रुपैयाँ भन्दा माथिको भएमा विमितले ५० लाख रुपैयाँको मात्रै उपचार खर्च पाउन सक्ने छन्। पछिल्ला दिनमा जीवन बीमा कम्पनीहरुले यस्तो पोलिसी जारी गर्दै आएका छन्।

ऐच्छिक सुविधाबाट विमितले क्यान्सर, हृदयघात, मस्तिष्कघात, किड्नी फेलियर, कोमा लगायतका रोग लागेमा उपचार खर्च पाउने छन्।