BIZMANDU
www.bizmandu.com

आन्तरिक राजश्व विराटनगरले लक्ष्य पूरा गर्यो, ३ अर्ब रुपैयाँ सङ्कलन, २९% बढि राजश्व उठ्यो

२०७५ माघ ६

आन्तरिक राजश्व विराटनगरले लक्ष्य पूरा गर्यो, ३ अर्ब रुपैयाँ सङ्कलन, २९% बढि राजश्व उठ्यो
आन्तरिक राजश्व विराटनगरले लक्ष्य पूरा गर्यो, ३ अर्ब रुपैयाँ सङ्कलन, २९% बढि राजश्व उठ्यो

विराटनगर। आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ अर्ब १८ करोड १३ लाख रुपैयाँ सङ्कलन गरेर अर्द्ध वार्षिक लक्ष्य पूरा गरेको छ।

Tata
GBIME
Nepal Life

कार्यालयले ३ अर्ब ४ करोड ६४ लाखको लक्ष्यमा उक्त रकम सङ्कलन गरेर १०४ दशमलव ४२ प्रतिशत प्रगति हासिल गरेको हो।

गत आर्थिक बर्षको सोही अवधिमा कार्यालयले लक्ष्य हासिल गर्न सकेको थिएन। गत आवको अर्धवार्षिक अवधिमा २ अर्ब ५१ करोड ३४ लाखको लक्ष्यमा २ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ कार्यालयले सङ्कलन गरेको थियो। 

गत वर्षको अर्धवार्षिक अवधिमा चालु आवको अवधिमा २९ प्रतिशत बढी राजस्व सङ्कलन गरिएको कार्यालय प्रमुख दिलीप गौतमले बताए।

कार्यालयले चालु आवको पुस मसान्तसम्ममा आयकरतर्फ ९२ करोड ८३ लाख, ब्याज कर ३ करोड ९५ लाख, मूल्य अभिबृद्धि कर ६० करोड १० लाख र अन्तःशुल्कबाट १ अर्ब ५२ करोड सङ्कलन गरेको छ।