BIZMANDU
www.bizmandu.com

उन्नती माइक्रोफाइनान्सको २०% हकप्रद र ४०.५% बोनस शेयर, साधारणसभा २६ गते डाक्यो

२०७५ माघ ४

काठमाडौं। उन्नती माइक्रोफाइनान्सले माघ २६ गतेसम्म चौथो वार्षिक साधारणसभा डाकेको छ। संस्थाले माघ १५ गतेसम्म कायम शेयरधनीहरुको लागि चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँको २० प्रतिशत हकप्रद शेयर र ४०.५ प्रतिशत बोनस शेयर पाउने भएका छन्।

Tata
GBIME
Nepal Life

संस्थाले साधारणसभा प्रयोजनको लागि माघ १६ गते बुकक्लोज गर्ने भएको छ। संस्थाले हकप्रद र बोनस शेयरपछि चुक्ता पूँजी ८ करोड ८२ लाख रुपैयाँ जुटाउने छ। 

नेपाल राष्ट्र बैंकले संस्थाको स्थलगत निरिक्षणको क्रममा ससर्वसाधारणको प्रतिनिधित्व नहुन्जेल सञ्चालक समितिले गरेका निर्णय अनुमोदन नहुने भएकोले सर्वसाधारण समुहबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने भएको छ। त्यस्तै संस्थापक शेयरधनीहरुको तर्फबाट पनि दुई जना सञ्चालक निर्वाचन गर्ने भएको छ। 

संस्थाले गत वर्षको पुसमा एक लाख ६५ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो। प्राथमिक शेयर निष्काशन गरेको एक वर्षमा संस्थाले ४०.५ प्रतिशत बोनस शेयर सहित २० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो।