BIZMANDU
www.bizmandu.com

बैंकहरुको निक्षेप र ऋण बिस्तारमा अझै पनि सन्तुलन मिलेन, निक्षेपभन्दा ऋण लगानी निक्कै माथि

२०७५ माघ ४

बैंकहरुको निक्षेप र ऋण बिस्तारमा अझै पनि सन्तुलन मिलेन, निक्षेपभन्दा ऋण लगानी निक्कै माथि
बैंकहरुको निक्षेप र ऋण बिस्तारमा अझै पनि सन्तुलन मिलेन, निक्षेपभन्दा ऋण लगानी निक्कै माथि

काठमाडौं। सञ्चालनमा रहेका २८ बाणिज्य बैंकहरुले पुस २७ गतेसम्म २८ अर्ब रुपैयाँ निक्षेप उठाएर २५ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्।

Tata
GBIME
Nepal Life

बैंकहरुसँग अब कुल निक्षेप २६ सय ५० अर्ब रुपैयाँ पुगेको छ। यसमध्ये ९६ अर्ब विदेशी मुद्रा बराबरको निक्षेप छ। बैंकहरुले कुल २३ सय ४४ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्। यसमध्ये ६६ अर्ब विदेशी मुद्राको ऋण लगानी हो।

एक सातामा मात्र ९ अर्ब निक्षेप बढेको छ। ऋण बिस्तार ६ अर्बले भएको छ। चालु आर्थिक बर्षभरी बैंकहरुको कुल निक्षेप बृद्धि १८० अर्ब रुपैयाँ छ। ऋण बिस्तार भने २३३ अर्ब रुपैयाँ गरेका छन्। अझै पनि बैंकहरुको निक्षेप संकलन र ऋण बिस्तारको सन्तुलन मिलेको छैन।

निक्षेप १०० रुपैयाँ उठाउँदा ऋण ८० रुपैयाँ मात्र लगानी गर्न माइन्छ। त्यो सन्तुलन नमिल्दा कतिपय बैंकहरु अहिले पनि कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) को दबाबमा परेका छन्।