BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंकले ल्यायो क्यास ब्याक योजना, भिजा डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा १०% नगद फिर्ता

२०७५ माघ ३


काठमाडौं। सिटिजन्स बैंकले नगद फिर्ता योजना ल्याएको छ।

Tata
GBIME
Nepal Life

यस अनुसार बैंकको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी मेशिन वा अनलाइन कारोबार गर्दा प्रत्येक कारोबारको १० प्रतिशत क्यास ब्याक हुने बैंकले जनाएको छ।

यस्तो नगदफिर्ताको सीमा हरेक दिन ५ सय र प्रतिमहिना ३ हजार रुपैयाँसम्म रहने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ। बैंकका अनुसार यो योजना सिमित अवधिकालागि मात्र हो।

बैंकले देशैभरी फैलिएका ८१  शाखा,  ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवा दिँदै आएको जनाएको छ।