BIZMANDU
www.bizmandu.com

लक्ष्मी बैंकले कृषिमा आधारित स्टार्टअप्सलाई सघाउने, एग्रिबिजनेस इन्नोभेसन सेन्टरसँग सम्झौता

२०७५ माघ ३


काठमाडौं। लक्ष्मी बैंक र नेपाल एग्रिबिजनेश इन्नोभेसन सेन्टरबीच बित्तीय सहयोगबारे सम्झौता भएको छ। यस सम्झौता पश्चात् बैंकिङ च्यानल मार्फत् एग्रि–स्टार्ट अपहरु तथा एग्रि–एसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गरिने बैंकले जनाएको छ।  

Tata
GBIME
Nepal Life

कृषि क्षेत्रमा वित्तीय पहुँचलाई सुदृढ बनाउनका लागि दुई पक्षीय सम्झौता पत्र भएको बैंकले जारी बिज्ञप्तीमा छ ।

नेपाल एग्रिबिजनेस इन्नोभेसन सेन्टर कृषि व्यवसायको लागि सल्लाह तथा परामर्श सम्बन्धी सेवा प्रदान गर्दै आएको संस्था हो ।

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल एग्रिबिजनेस इन्नोभेसन सेन्टरका प्रतिनिधीले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौता अन्तर्गत सहयोगका प्रमुख क्षेत्रहरु सूचना तथा अनुभवको आदानप्रदान, नेटवर्कमा पहुँच, संयुक्त रुपमा परियोयनाको विकास लगायत समान उद्देश्यका अन्य क्षेत्रहरु रहेका छन् ।

बैंक नेपाल एग्रिबिजनेश इन्नोभेसन सेन्टरको संस्थागत सदस्य पनि भएको बिज्ञप्तीमा उल्लेख छ।

बैंकले ४६ जिल्लाहरुमा ९६ शाखा, ३ हस्पिटल काउन्टर, १०८ एटिएम तथा २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ५१ शाखा सहित बैंकिङ एजेन्ट मार्फत बित्तीय सेवा दिइरहेको जनाएको छ ।