BIZMANDU
www.bizmandu.com

निर्धन उत्थान लघुवित्त संस्थाले स्याङ्जा र कैलालीमा बाख्रापालन तालिम दियो, लगानी समेत गर्ने

२०७५ माघ २


काठमाडौं। निर्धन उत्थान लघुवित्त बित्तीय संस्थाले स्याङ्जा र कैलालीमा व्यावसायिक बाख्रापालन तालिम दिएको छ।

Tata
GBIME
Nepal Life

संस्थाले स्याङ्जाको वालिङमा २५ जना पशुपालक किसानलाई तालिम दिएको जनाएको छ।

यसैगरी कैलालीको फूलबारीमा ३६ जना  किसानहरुलाई तालिम दिएको छ।

संस्थाले 'एक परिवार एक उद्यमी' योजना अनुसार तालिम तथा लगानीकालागि पहल गरिरहेको  जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

सातै प्रदेशका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निर्धन उत्थानले गत मंसिर मसान्तसम्म देशभरका ३ लाख ३३ हजार १४१ घर परिवारमा सेवा बिस्तार गरेको जनाएको छ।

संस्थाले सीपमूलक तालिम संचालन गर्ने र आवश्यकता  अनुसार तालिम लिएका सदस्यहरुलाई लगानी गर्दै आइरहेको बिज्ञप्तीमा उल्लेख छ।