BIZMANDU
www.bizmandu.com

डिशहोमले आइपिओ जारी गर्दै, कुल पुँजीको १० प्रतिशत शेयर सर्वसाधारणकालागि निष्कासन गर्ने

२०७५ माघ २


काठमाडौं डिश मिडिया नेटवर्कले आगामी वर्ष आइपिओ जारी गर्ने भएको छ। ९ औं बार्षिक साधारणसभामा कम्पनीले आफ्नो कुलजारी पुँजीको न्यूनतम १० प्रतिशत शेयर सर्वसाधारणको लागि जारी गर्ने निर्णय गरेको हो।  

Tata
GBIME
Nepal Life

साधारणसभाले यस अघिकै संचालक समितिलाई आगामी चार बर्षका लागि निरन्तरता दिने निर्णय समेत गरेको जनाएको छ। संचालक समितिको अध्यक्षमा हेमराज ढकाल चयन भएको कम्पनीले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ।

डिशहोम सर्वसाधारणका लागि शेयर जारी गर्ने पहिलो पे टि.भि. कम्पनी हुने समेत बिज्ञप्तीमा उल्लेख छ।

स्याटेलाइट प्रविधिमा आधारित सेवा प्रदायक डिशहोमले बिभिन्न एच.डी. तथा एस.डी. प्याकेजहरु प्रदान गर्दै आईरहेको छ ।

डिशहोम नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको र जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिने बिज्ञप्तीमा जनाइएको छ।