BIZMANDU
www.bizmandu.com

हायातपछि साल्ट ट्रेडिङको शेयर कारोबार रोक्का, लाभांशको सूचना ढिला दिएको नेप्सेको आरोप

२०७५ माघ १

हायातपछि साल्ट ट्रेडिङको शेयर कारोबार रोक्का, लाभांशको सूचना ढिला दिएको नेप्सेको आरोप
हायातपछि साल्ट ट्रेडिङको शेयर कारोबार रोक्का, लाभांशको सूचना ढिला दिएको नेप्सेको आरोप


काठमाडौँ। साल्ट ट्रेडिङ् कर्पोरेसनले लाभांश दिने निर्णयको सूचना ढिला दिएको भन्दै नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कारोबार रोकिदिएको छ। नेप्सेले मंगलबार कम्पनीको कारोबार रोकेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले शेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने प्रस्ताव सोमबार गरेर मंगलबार मात्रै नेप्सेलाई जानकारी दिएको थियो। कम्पनीले २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको थियो।

दोस्रो बजारमा प्रभाव पार्ने सूचना तत्काल दिनुपर्ने प्रावधान छ। नेप्सेले २४ घण्टाभित्र ढिलो सूचना दिनुको कारण सहित स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ।