BIZMANDU
www.bizmandu.com

कृषि विकास बैंकले घोषणा गर्यो २१% लाभांस, सरकारको अग्राधिकार शेयरलाई ६% नगद लाभांस 

२०७५ पुष २७

कृषि विकास बैंकले घोषणा गर्यो २१% लाभांस, सरकारको अग्राधिकार शेयरलाई ६% नगद लाभांस 
कृषि विकास बैंकले घोषणा गर्यो २१% लाभांस, सरकारको अग्राधिकार शेयरलाई ६% नगद लाभांस 

काठमाडौं। कृषि विकास बैंकले गत आर्थिक बर्षको नाफाबाट २१.०५ प्रतिशत लाभांस दिने भएको छ। बैंकको ७२८औ संञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १५.०५३ प्रतिशत नगद लभांस र ६ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको हो। 

Tata
GBIME
Nepal Life

बैंकले नेपाल सरकारको नाममा रहेको फिर्ता नहुने अग्राधिकार शेयरको लागि पनि ६ प्रतिशत नगद लभांस दिने निर्णय गरेको छ। 

बैंकको साधारण शेयर ८ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने नेपाल सरकारको अग्राधिकार शेयर ५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ। 

गत आर्थिक वर्षको असार सम्ममा बैंकले तीन अर्ब ६७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले गएका दुई आर्थिक वर्षमा लगातार २० प्रतिशतका दरले बोनस शेयर दिएको थियो। 

यस पटक ६ प्रतिशत बोनस शेयर वितरण गरेसँगै साधारण शेयर पूँजी ९ अर्ब एक करोड रुपैयाँ पुग्नेछ।