काठमाडौं। लिवर्टी इनर्जी कम्पनीको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष कुशकुमार जोशीको अध्यक्षतामा भएको सभामा प्रवन्ध सञ्चालक डा. आत्माराम घिमिरे, सञ्चालकहरु सुशिल थापा, रामबहादुर पाण्डे र राजेन्द्र वस्तीको उपस्थिति थियो।
कम्पनीले ३ वटा जलविद्युत आयोजनाहरु अघि बढाएको छ। यी आयोजनाहरुमध्ये लमजुङ जिल्ला स्थित २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा रहेको छ।
आयोजना प्रभावित स्थानीय तथा सर्व–साधारण समेतलाई साधारण शेयर जारी गर्न एनआईविएल एस क्यापिटलसँग सम्झौता भइसकेको छ।
आयोजनाको हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको र व्यापारिक उत्पादन गर्नुपर्ने मिति आगामी २०७६ भदौ महिनामा रहेतापनि त्यसअघि नै विद्युत उत्पादन गरिने जानकारी साधारण सभामा गराइएको थियो।
कम्पनीद्धारा सर्भेक्षण अनुमति पत्र प्राप्त बागलुङ जिल्ला स्थित बडीगाड खोलामा २४.६ मेगावाट क्षमताको बडिगाड खोला जलविद्युत आयोजना र लमजुङ जिल्ला स्थित लोदोखोलाबाट १.६ मेगावाट क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भई आइइ रिपोर्ट बनाउने र पिपिए गर्ने चरणमा रहेका छन्।