BIZMANDU
www.bizmandu.com

४० करोड रुपैयाँमा जगदम्बा एसएस पाइप स्थापना, मासिक साढे तीन हजार टन पाइप उत्पादन गर्ने

२०७५ पुष २५


वीरगंज। शंकर समूहको ४० करोड रुपैयाँ लगानीमा पाइप उद्योग सञ्चालनमा आएको छ । वीरगंज–पथलैया औद्योगिक कोरिडोरको परवानीपुरमा जगम्बा एसएस पाइप उद्योग स्थापना छ। यो उद्योग पूर्ण स्वचालित छ ।

Tata
GBIME

उद्योगका संचालक राजेश अग्रवालले गत महिनादेखि उद्योगले उत्पादन थालेको बताए । उद्योगले हाल एसएस र ब्ल्याक पाइप उत्पादन गरिहेको छ । उद्योगले मासिक १ हजार ७ सय टन ब्ल्याक पाईप र ३ सय टन एसएस पाईप उत्पादन गर्ने उनले बताए।

उद्योगबाट विभिन्न साइजका पाइप उत्पादन गर्छ। उद्योगबाट मासिक दुई हजार टन पाइप उत्पादन गर्दै आएको छ। केही समयपछि मासिक साढे तीन हजार टन पाइप उत्पादन गर्ने अग्रवालले बताए। उनका अनुसार उद्योगमा जापानी प्रविधिको मेशिन जडान गरिएको छ।