BIZMANDU
www.bizmandu.com

बैंकको १३ हजार करोड घोटाला गरेर फरार मोदीको बयान- सामान्य कारोबारलाई ठूलो बनाइयो

२०७५ पुष २२

बैंकको १३ हजार करोड घोटाला गरेर फरार मोदीको बयान- सामान्य कारोबारलाई ठूलो बनाइयो
बैंकको १३ हजार करोड घोटाला गरेर फरार मोदीको बयान- सामान्य कारोबारलाई ठूलो बनाइयो

मुम्बइ। पञ्जाब नेशनल बैंक (पिएनबी) को १३ हजार कोड भारु अपचलन गरेको अभियोग लागेका हिरा कारोबारी निरब मोदीले भारत फर्किन अस्वीकार गरेका छन्। उनले आफूले केही पनि गलत काम नगरेको बताएका छन्।

Tata
GBIME
Nepal Life

'प्रिभेन्सन अफ मनि लन्ड्रिङ एक्ट' अदालतलाई दिएको जबाफमा उनले पिएनबीसँग सामान्य कारोबार भएको र त्यो कुनै गलत नभएको बताएका हुन्।

उनले सुरक्षाका कारण भारत फर्किन नसक्ने बताएका छन्। उनको भारतमा भएको सम्पति सरकारले आफ्नो नियन्त्रणमा लिइसकेको छ। 

उनले पिएनबीका कर्मचारीको मिलेमतोमा यति ठूलो रकम घोटाला गरेको आरोप सरकारी पक्षको छ। कतिपय कर्मचारी निलम्बित भइसकेका छन्। 

निरब मोदीको सम्बन्धमा केन्द्रीय सतर्कता आयोगले पञ्जाब नेशनल बैंक तथा रिजर्ब बैंकलाई समेत पहिल्यै चेतावनी दिएको थियो। तर त्यस समय निरब मोदी यस्ता ब्राण्ड भएका थिए कि कसैले पनि त्यसमा ध्यान दिएन र अन्तमा ठूलो ठगी गर्न मोदी सफल भए। ग्राहकको साख नै बैंकहरुका लागि महत्वपूर्ण मानिन्छ र यहि नै ऋण दिने आधार पनि हो। तर सतर्कता केन्द्रले दिएको चेतावनीको वेवास्ता गर्दा पञ्जाब नेशनल बैंकमा ठूलो रकम घोटाला भयो।

निरव मोदीले पिएनबी हङकङ शाखाबाट कारोबार २०१० डिसेम्बर २३ बाट गर्न थालेका हुन्। त्यसबेलादेखि घोटाला सार्बजनिक भएसम्म हङकङ शाखामा २१ सय ४९ पटक कारोबार भएको छ। पिएनबीको दुबइ शाखाले ३९ सय ८१ पटक कारोबार गरेको छ। नीरब मोदीसँग भएको पैसाको कारोबारको सम्पूर्ण तथ्यांक पिएनबीले लुकाएर राखेको थियो। तर तथ्यांक केलाइन थालिएपछि पिएनबीको कार्यशैलीमा समस्या र कमजोरी देखिएको पुष्टी भएको छ। 
 
गलत बैंक खाताको वायर्स क्रेडिट जारी गर्नु, एक बिलबाट दुई वटा लेटरस अफ क्रेडिट (एलओयु) जारी गर्नु र निर्यातकको विवरण दिनुको साटो 'एक्स वाइ जेट' लेख्नु जस्ता वदमाशी भएका छन्। यो गोलमाल बैंकका माथिल्ला कर्मचारीको मिलेमतो बीना सम्भव नभएको स्रोतहरुको दावी छ।