BIZMANDU
www.bizmandu.com

मकवानपुरमा अर्को पोलि स्याक उद्योग संचालनमा आउँदै, दैनिक पाँच टन बोरा उत्पादन गर्ने

२०७५ मंसिर २७

मकवानपुरमा अर्को पोलि स्याक उद्योग संचालनमा आउँदै, दैनिक पाँच टन बोरा उत्पादन गर्ने
मकवानपुरमा अर्को पोलि स्याक उद्योग संचालनमा आउँदै, दैनिक पाँच टन बोरा उत्पादन गर्ने


काठमाडौं। निर्माण सामाग्री उत्पादन र वितरणमा संलग्न समूह गोदावरी बिजनेश अर्गनाइजेशनले मकवानपुरमा पोलिस्याक (प्लाष्टिक बोरा) उद्योग संचालनमा ल्याउँदैछ।

Tata
GBIME
Nepal Life

मकवानपुरको नेवारपानीमा निर्माणाधीन गोदावरी पोलिस्याक एण्ड एफआईविसीको कारखाना निर्माणको अन्तिम चरणमा रहेको छ। यो उद्योगसँगै मकवानपुरमा पोलि ब्याग उत्पादक उद्योगको संख्या तीन पुग्नेछ। आगामी दुई महिनाभित्र उद्योग संचालनमा ल्याउने लक्ष्य रहेको छ।

यो उद्योगले प्लाष्टिक बोरा र त्रिपालको उत्पादन गर्नेछ। ३७ कठ्ठा क्षेत्रफलमा फैलिएको उद्योगको दैनिक उत्पादन क्षमता पाँच मेट्रिक टन रहेको छ। उद्योग सम्बद्ध स्रोतका अनुसार करिब बीस करोड रुपैयाँको लगानीमा उद्योग संचालनमा आउन लागेको हो ।

यो उद्योगको उत्पादन स्वदेशी बजारको साथै खाडी मुलुकमा समेत निकासीको योजना रहेको उद्योग व्यवस्थापनले जानकारी दिएको छ। स्वदेशमै ठूलो उत्पादन क्षमताको आधा दर्जन नयाँ सिमेन्ट उद्योग संचालनमा आउन लागेको र पुरानोले समेत धमाधम उत्पादन क्षमता विस्तार गरिरहेकाले पोलो ब्यागको बजार माग वृद्धि हुँदै जाने लगानीकर्ताको विश्वास छ।

बोरा उत्पादन गर्ने दर्जन् उद्योग संचालनमा स्वदेशी बजारमा पोलि ब्याग र त्रिपाल उत्पादन गर्ने उद्योगको संख्या एक दर्जनभन्दा बढी छ। तीमध्ये भैरहवामा शौरभ समूहको जगदम्बा सिन्थेटिक उद्योग दैनिक १५ लाख मिटर, मोरङमा गोल्छा समूहको अरिहन्त प्लाष्टिक ९५००० टन, गोल्यान समूहको शिवम् प्लाष्टिक ९१० हजार टन, शारडा समूहको पशुपति सिन्प्याक्स ९१५०० टन, मकवानपुरमा त्रिशक्ति पोलिप्याक्स उद्योगले वार्षिक २ करोड बोरा संचालनमा छन् ।

यसैगरी नवलपरासीमा युनाइटेड पोलिप्याक्स, वीरगंजमा चाचान समूहको आदर्श पोलिप्लाष्ट, निम्बस समूहको वीरगंज र मकवानपुरमा प्रोजीओकेमको ९६००० टन, त्रिवेणी समूहको त्रिवेणी सिम्प्याक्स ९९००० टन, बेगानी समूहको नेकोन केबी प्लाष्ट उद्योग, शिवशक्ति समूहको शिवशक्ति केमो प्लाष्टिकको ९७२०० टन संचालनमा छन् । यीमध्ये अधिकांश उद्योगले भारत तथा तेश्रो मुलुकमा समेत आफ्नो उत्पादन निर्यात गरिरहेका छन् ।