BIZMANDU
www.bizmandu.com

एनआइसी एसिया बैंक र आइएमी लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौतामा हस्ताक्षर

२०७५ मंसिर २६

एनआइसी एसिया बैंक र आइएमी लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौतामा हस्ताक्षर
एनआइसी एसिया बैंक र आइएमी लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौतामा हस्ताक्षर

काठमाडौं। एनआइसी एशिया बैंकले आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ। 

Tata
GBIME
Nepal Life

यस सम्झौताअनुसार अब बैंकका ग्राहकले मुलुकभर फैलिएको २७० वटै शाखाबाट सहजरुपमा आइएमई लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन्। 

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले हस्ताक्षर गरेका छन्।

बैंकले देशभरका २७० शाखा कार्यालय, २८५ एटिएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवं २० वटा शाखारहित बैंकिङ इकाईमार्फत वित्तीय सेवा दिँदै आएको छ।