BIZMANDU
www.bizmandu.com

सुदूरपश्चिमको कैलालीमा महालक्ष्मीका दुई शाखा विस्तार, वित्तीय पहुँच विस्तारमा सहयोग पुग्ने

२०७५ मंसिर २६

सुदूरपश्चिमको कैलालीमा महालक्ष्मीका दुई शाखा विस्तार, वित्तीय पहुँच विस्तारमा सहयोग पुग्ने
सुदूरपश्चिमको कैलालीमा महालक्ष्मीका दुई शाखा विस्तार, वित्तीय पहुँच विस्तारमा सहयोग पुग्ने

काठमाडौं। महालक्ष्मी विकास बैंकले कैलालीको दुई स्थामा शाखा विस्तार गरेको छ। बैंकले कैलारी गाउँपालिकाको हसुलिया र गोदावरी नगरपालिकाको अत्तरियामा शाखा विस्तार गरेको हो। 

Tata
GBIME
Nepal Life

बैंकका दुवै शाखाको उद्घाटन सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले गरेका छन्।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय तथा प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने पनि उपस्थित थिए। 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत लामिछानेले उत्कृष्ट सेवामार्फत ग्राहकको विश्वास जितेर अघि बढ्ने बताए। उनले वित्तीय पहुँच बढाउन बैंकले खोलेका शाखाले थप सहयोग गर्ने पनि उल्लेख गरे।