BIZMANDU
www.bizmandu.com

शेयर बजार सुधार गर्न विज्ञ समितिबाट अध्ययन गराउन अर्थमन्त्रीको प्रस्ताब, ‘सुधारको पक्षमा छु’

२०७५ मंसिर २५

शेयर बजार सुधार गर्न विज्ञ समितिबाट अध्ययन गराउन अर्थमन्त्रीको प्रस्ताब, ‘सुधारको पक्षमा छु’
शेयर बजार सुधार गर्न विज्ञ समितिबाट अध्ययन गराउन अर्थमन्त्रीको प्रस्ताब, ‘सुधारको पक्षमा छु’

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारको विषयमा छुट्टै विज्ञ समुह बनाएर बजारको अध्ययन गर्न अर्थ समितिमा प्रस्ताब गरेका छन्। 

Tata
GBIME
Nepal Life

बजारको विषयमा सरकार र बजारसँग सम्बन्धित व्यक्तीहरुले आफुखुसी कुरा गर्ने गरेको भन्दै स्वतन्त्र समुह बनाएर विगत तीन वर्षको शेयर बजारको बारेमा अध्ययन गर्ने समुह बनाउन उनले प्रस्ताब गरेका हुन्। उनले भने 'बजार अस्वभाविक रुपमा माथि गएको छ भने किन गयो र अहिले अस्वभाविक रुपमा तल आएको छ भने किन आयो भनेर त्यसका विषयमा अध्ययन गरिनु पर्छ।' 

विज्ञ समुहले दिएको प्रतिवेदनलार्इ सरकारले मान्ने अर्थमन्त्री खतिवडाले बताए। मंगलबार अर्थसमितिमा शेयर बजारको बारेमा छलफल भएको थियो। छलफलमा उपस्थित नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल, ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट र मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष ध्रुबकुमार तिमल्सिनाले बजारको बारेमा धारणा राखेका थिए। 

सबैको कुरा सुनेपछि अर्थमन्त्री खतिवडाले आफु सदैब बजार सुधारको पक्षमा रहेको बताए। यसको लागि आफुले बजेटदेखि नै सुधारको प्रयास गरेको र आगामी दिनमा थप सुधारको काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सरकार प्रति शंका नगर्न आग्रह गरेका छन्। 

देशको समग्र विकासका लागि आवस्यक पर्ने पूँजी संकलनको लागि शेयर बजार पनि एक माध्यम भएको हुँदा दोहोरो आर्थिक बृद्धिको लागि शेयर बजारबाट पूँजी जुटाइने खतिवडाले बताए। यसको लागि शेयर बजारको चिरस्थायी विकासको लागि सरकार सँधै सचेत रहेको उनले जनाए। 

उपभोगका लागि भन्दा पनि विकास निर्माणको लागि पैसा खर्च हुँदा बजारमा बैंकिङ तरलता छाएको हुँदा बजारमा आवस्यक रकम प्रवाह गर्नु पर्ने अवस्था आएको उनले बताए। यसका लागि बैंकहरु मार्फत विदेशबाट पैसा ल्याउने बाटो खुला गरिएको र आवस्यकता अनुसार विभिन्न सुधारका औजार प्रयोग गर्दै जाने खतिवडाले समितिलाई जानकारी दिए।