BIZMANDU
www.bizmandu.com

भारतीय गभर्नर पटेलको राजीनामाको असर नेपाली रुपैयाँमा, भारतीय शेयर बजारमा गिरावट आउने

२०७५ मंसिर २५

भारतीय गभर्नर पटेलको राजीनामाको असर नेपाली रुपैयाँमा, भारतीय शेयर बजारमा गिरावट आउने
भारतीय गभर्नर पटेलको राजीनामाको असर नेपाली रुपैयाँमा, भारतीय शेयर बजारमा गिरावट आउने

काठमाडौं। भारतीय केन्द्रीय बैंकका गभर्नर उर्जित पटेलको राजीनामासँगै भारु कमजोर हुँदा नेपाली रुपैयाँ डलरसँग थप सस्तिएको छ। पटेलको राजीनामासँगै भारु कमजोर भएर नेपाली रुपैयाँको मूल्य सस्तिएको हो।

Tata
GBIME
Nepal Life

सोमबारको तुलनामा मंगलबार नेपाली रुपैयाँ ८६ पैसा सस्तो भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको भाउ ११४ रुपैयाँ ४५ पैसा तोकेको छ। मंगलबार बजार खुलेसँगै डलर थप बलियो हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

नेपाल र भारतबीच स्थिर बिनिमय दर छ। त्यसैले भारु र डलरबीच तलमाथि हुने वित्तिकै त्यसको असर नेपाली मुद्रामा पर्छ। केही महिनाअघि डलरको भाउ १२० रुपैयाँ हाराहारी पुगेको थियो।

पटेलले ब्यक्तिगत कारणले राजिनामा गरेको बताए पनि केन्द्रीय सरकारसँगको विवादका कारण पद छाड्न बाध्य हुनु परेको सञ्चारमाध्यमहरुले जनाएका छन्। डलरको भाउ बढ्दा विदेशमा काम गर्ने नेपालीलाई नेपाल पैसा पठाउँदा फाइदा पुग्छ। आयात ब्यापारमा भने नेपाललाई समस्या पर्छ।

पटेलको राजीनामापछि भारतीय शेयर बजार घट्ने अनुमान गरिएको छ। भारतका दुबै शेयर बजारमा उच्च गिरावट आउने बताइएको छ।