BIZMANDU
www.bizmandu.com

सरकारसँगको विवादमा भारतका गभर्नर पटेलले दिए राजिनामा, डेपुटीले पनि राजिनामा दिने सम्भावना

२०७५ मंसिर २४

सरकारसँगको विवादमा भारतका गभर्नर पटेलले दिए राजिनामा, डेपुटीले पनि राजिनामा दिने सम्भावना
सरकारसँगको विवादमा भारतका गभर्नर पटेलले दिए राजिनामा, डेपुटीले पनि राजिनामा दिने सम्भावना

नयाँदिल्ली । केन्द्र सरकारसँगको विवादपछि उर्जित पटेलले रिजर्व बैंक अफ इन्डियाको गभर्नर पदबाट राजिनामा दिएका छन्। राजिनामा भने उनले व्याक्तिगत कारण देखाएका छन्। 

Tata
GBIME
Nepal Life

केन्द्रिय बैंकको स्वायतता लगायतका मुद्दामा भारतको केन्द्र सरकारसँग पटेलको मतभेद थियो। यही मतभेदका कारण पटेलले राजिनामा दिन सक्ने आँकलन केही दिनदेखि चल्दै आएको थियो। 

गवर्नरपछि डेपुटी गभर्नरले पनि राजिनामा दिन सक्ने सम्भावना भारतीय मिडियाले अड्कल लगाएका छन्। पटेलको कार्यकाल सेप्टेम्वर २०१९ सम्म थियो। 

उनी कार्यकाल नसकि पद छाड्ने चौथो तथा १९९० पछि पहिलो गभर्नरसमेत भएका छन्। ९ महिना कार्यकाल बाँकी छँदै उनले राजिनामा दिएका हुन्। 

भारत सरकारसँगको पछिल्लो टकरावपछि उनको यस्तो कदम आएको हो। महिना दिन अगाडि त्यहाँका डेपुटी गभर्नरले भारत सरकारको आलोचना गर्दै बै‌ंकलाई स्वतन्त्रता दिन चेतावनी दिएका थिए।