BIZMANDU
www.bizmandu.com

शेयर बजारका लगानीकर्ता भन्छन्, ‘माग पुरा गरिदिए अर्थमन्त्रीले राजीनामा दिनु पर्दैन’

२०७५ मंसिर २४

काठमाडौँ। शेयर बजारका लगानीकर्ताले आफ्नो रिले अनसनलाइ दोस्रो दिन पनि निरन्तरता दिएका छन्। अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिनुपर्ने भन्दै अनसनमा बसेका उनीहरु अहिले यो मागबाट भने पछि हटेका छन्। 

Tata
GBIME

'उहाँको राजीनामाले माग पुरा हुने होइन। यो माग पुरा भयो भने किन राजीनामा गर्नुपर्यो ,' दबाब समूहका संयोजक हरि ढकालले भने।

आइतबारदेखि सुरु भएको रिले अनशन दोस्रो दिन सोमबार बिहान १० बजे बाटै सुरु भएको ढकालले जानकारी दिए। उनले माग पुरा नभएसम्म आन्दोलन भने चलिरहने बताए।

'हामीले राखेका माग कि नाजायज हुन् भनेर भनिदिनुपर्योा,' ढकालले भने, 'यदि हाम्रा माग जायज छन् भने सम्बोधन हुनुपर्छ।'

शेयर बजारका सुधारको लागि राखिएका मागहरू केही दिन अघि नेपाल धितोपत्र बोर्डमा दिइएको जानकारी दिँदै उनले ती माग सम्बोधन गर्नुपर्ने बताए। 'हामीले राखेका माग अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक कसले पुरा गर्ने हो तिनीहरूलाई निर्देशन दिनु पर्योत,' उनले भने। 'माग पुरा गर्न सक्नुहुन्न भने उहाँ पछि हट्नु्पर्‍यो।'