BIZMANDU
www.bizmandu.com

अर्थमन्त्रीको राजीनामा माग गर्दै अनशन थालेकै दिन शेयर बजार हरियो, दोहोरो अंकले बढ्यो

२०७५ मंसिर २३

अर्थमन्त्रीको राजीनामा माग गर्दै अनशन थालेकै दिन शेयर बजार हरियो, दोहोरो अंकले बढ्यो
अर्थमन्त्रीको राजीनामा माग गर्दै अनशन थालेकै दिन शेयर बजार हरियो, दोहोरो अंकले बढ्यो

काठमाडौँ। अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै लगानीकर्ताले अनशन बसेकै दिन शेयर बजार हरियो भएको छ। शेयर बजार सुधार गर्न नसकेको आरोप उनीहरुले अर्थमन्त्रीलाई लगाएका छन्। 

Tata
GBIME

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक १०.८५ अङ्कले बढेर ११७१.७० अंकमा उक्लिएको  छ। लगानीकर्ताको एक समूह नेप्से कार्यालय अगाडि अनशनमा बसेका छन्। 
 
आइतबार १५५ कम्पनीका सात लाख १४ हजार कित्ता शेयर किनबेच भएको छ। दिनभरीमा २२ करोड ३७ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा बढी दुई करोड ७७ लाख रुपैयाँ बराबरको नेपाल बैकको शेयर किनबेच भएको छ।

आइतबार शेयर बजार सुरु भएदेखि नै सुचक बढ्न सुरु गरेको थियो। कारोबारको सुरुवातमा सामान्य बढेको सूचक दुई बजेपछि तीब्र गतिमा बढ्दै बन्द भएको हो। 

उपसूचक मिश्रित देखिएका छन्। ११ समूहको कारोबारमा आठ समूह बढेको छ भने तीन समूह घटेका छन्। सबैभन्दा बढी वाणिज्य बैक समूहको उपसूचक १.०६ प्रतिशतले बढ्यो। उत्पादनमूलक समूह ०.४६ प्रतिशतले घटेको छ। 

मिर्मिरे लघुबित्तका शेयरधनीले करिब ६ प्रतिशत कमाएका छन्। लक्ष्मी इक्विटी फण्डका शेयरधनीले सबैभन्दा बढी करिब आठ प्रतिशतले गुमाएका छन्।