BIZMANDU
www.bizmandu.com

अर्थमन्त्रीको राजिनामा माग्दै शेयर लगानीकर्ता अनशनमा, ‘पूँजी बजारमैत्री अर्थमन्त्री चाहियो’

२०७५ मंसिर २३

अर्थमन्त्रीको राजिनामा माग्दै शेयर लगानीकर्ता अनशनमा, ‘पूँजी बजारमैत्री अर्थमन्त्री चाहियो’
अर्थमन्त्रीको राजिनामा माग्दै शेयर लगानीकर्ता अनशनमा, ‘पूँजी बजारमैत्री अर्थमन्त्री चाहियो’

काठमाडौं। शेयर बजार सुधारको बाधक भएको भन्दै लगानीकर्ताहरुको एक समूहले अर्थमन्त्री डा. युवराज खतिवडाको राजिनामा माग गर्दै अनसन बसेका छन्।

Tata
GBIME
Nepal Life

नेपाल स्टक एक्सचेन्जको कार्यालय अगाडि उनीहरु अनसनमा बसेका हुन्। नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र अर्थमन्त्रालयले बजार सुधारका धेरै वटा माग संबोधन गर्ने भन्दै कयौं वर्षदेखि अल्झाएको भन्दै यसको यथाशिघ्र कार्यान्वयनको माग गर्दै लगानीकर्ताको समूह अनसनमा बसेको हो। 

शेयर लगानीकर्ता दवाव समुहका संयोजक हरि ढकालले बिहान १० बजेदेखि साँझ ५ वजेसम्म अनसन बस्ने कार्यक्रम रहेको बताए। अनसन माग पुरा नभएसम्म चल्ने उनले जानकारी दिए। 

अनसनमा २० जना बसेका छन्। गोपाल कटुवाल स्वामी, गोविन्द पन्त, सुजन उप्रेती, सुश्मा ढुङ्गाना, सुजिता बराल, नारायणी पौडेल सहितका लगानीकर्ता अनसन बसिरहेका छन्। 

सरकारले पूँजी बजार सम्बन्धि आफ्नो धारणा स्पष्ट पार्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्नु पर्ने ढकालले बताए। उनले भने 'पूँजी बजार बिरोधी अर्थमन्त्रीको तत्काल राजिनामा माग गर्दै पूँजी बजारमैत्री अर्थमन्त्री ल्याउनु पर्छ।' 

अर्थमन्त्री युवराज खतिवडाले बजार सुधारको लागि भन्दै उच्चस्तरिय समिति बनाए पनि त्यसले अहिलेसम्म कुनै पनि काम नगरेको उनले आरोप लगाए। उनले भने 'यदि बजार सुधार गर्न चाहेको हो भने स्वयं धितोपत्र बोर्ड र नेप्सेले बनाएका विगत ३/४ वर्षदेखिका सुधारका कार्य गर्न ठाडो निर्देशन दिनु पर्थियो।'