काठमाडौं। बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २८ प्रतिशत लाभांश घोषणा गरेको छ। गत शुक्रबार बसेको संचालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद लाभांस घोषणा गरेको हो।
कम्पनीले पुष २७ गते २६ औं वार्षिक साधारणसभा डाकेको छ। साधारणसभा प्रयोजनकालागि पुष ६ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ। पुष ५ गतेसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्न सक्ने छन्।
कम्पनीले गत फागुनमा प्रतिशेयर ५०१ रुपैयाँको दरमा ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासन गरेको थियो। एफपिओ पस्चात कम्पनीले २० प्रतिशत नगद लाभांश घोषणा गरेको थियो। एफपिओ धनीहरुले अहिले घोषणा गरेको सहित जम्मा ४८ प्रतिशत लाभांश पाउनेछन् जसमा ३८ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर प्राप्त गर्ने छन्।
कम्पनीले एफपिओ निष्कासन पछि २० प्रतिशत नगद लाभांश घोषणा गरे पछि लगानीकर्ताले लाभांशको विषयलार्इ लिएर चर्को आलोचना गरेका थिए। कम्पनीले ५०१ रुपैयाँमा एफपिओ निष्कासन गरे पस्चात दोस्रो बजारमा एफपिओको बजार मूल्य भन्दा पनि तल झरेको छ। आइतबार कम्पनीको ओपनिङ प्राइस ४२९ रुपैयाँ छ।
गत आर्थिक वर्षमा कम्पनीले ७१ करोड २४ लाख रुपैयाँ नाफा गरेको थियो। प्रतिशेयर आम्दानी ३२ रुपैयाँ रहेको छ। एफपिओ पस्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ११ करोड रुपैयाँ कायम भएको थियो। अहिले घोषणा गरेको १० प्रतिशत बोनस शेयर पस्चाता कम्पनीको चुक्ता पूँजी २ अर्ब ३३ करोड रुपैयाँ पुग्नेछ।
गत आर्थिक वर्षको सहित विगत ६ आर्थिक वर्षमा कम्पनीले १५३ प्रतिशत लाभांश दिएको छ। जसमा १७ प्रतिशत बोनस शेयर र १३६ प्रतिशत नगद लाभांश दिएको छ।
विगत ६ वर्षमा कम्पनीले दिएको लाभांश
आर्थिक वर्ष |
बोनस शेयर |
नगद लाभांश |
जम्मा लाभांश |
2074/2075 |
10 |
18 |
28 |
2073/2074 |
0 |
20 |
20 |
2072/2073 |
7 |
20 |
27 |
2071/2072 |
0 |
20 |
20 |
2070/2071 |
0 |
15 |
15 |
2069/2070 |
0 |
18 |
18 |
2068/2069 |
0 |
25 |
25 |
जम्मा |
17 |
136 |
153 |