BIZMANDU
www.bizmandu.com

सुधिर बस्नेतकी श्रीमतीको शेयर बेचेर पीडितलाई, ग्लोबल आइएमइको सवा सात करोडको शेयर बिक्रीमा

२०७५ मंसिर २१

सुधिर बस्नेतकी श्रीमतीको शेयर बेचेर पीडितलाई, ग्लोबल आइएमइको सवा सात करोडको शेयर बिक्रीमा
सुधिर बस्नेतकी श्रीमतीको शेयर बेचेर पीडितलाई, ग्लोबल आइएमइको सवा सात करोडको शेयर बिक्रीमा


काठामाडौं। रियलस्टेट कारोबारी सुधिर बस्नेतले खाएको सहकारीका बचतकर्ताको पैसा शेयर बिक्री गरेर भुक्तानी गरिने भएको छ। सरकारले गठन गरेको समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले बस्नेतकी श्रीमिती र सहकारीका कर्मचारीको शेयर बिक्री गरेर बचतकर्ताको पैसा भुक्तानी गर्ने निर्णय गरेको छ।

Tata
GBIME
Nepal Life

समितिले ग्लोबल आइएमइ बैंकको शेयर बिक्री गर्न लागेको हो। नितु थापा बस्नेत र राजेश श्रेष्ठको नाममा रहेको शेयर बिक्री गर्न लागिएको हो। कुल २ लाख ३३ हजार ६७९ कित्ता शेयर बिक्री गरिने छ।

यो शेयरको बजार मूल्य सात करोड ३३ लाख ७५ हजार २०६ रुपैयाँ छ। २०७४ कात्तिक २० गते समस्याग्रस्त घोषित भएको ओरेण्टल कोअपरेटिभ लिमिटेका तत्कालिन अध्यक्ष सुधिर बस्नेतकी श्रीमति थापा र कर्मचारी राजेश श्रेष्ठले बचतकर्ताको रकमबाट बैंकको शेयर किनेका थिए।

यो शेयर अहिले समितिको नाममा आइसकेको छ। समितिले त्यो शेयर बिक्री गरेर आएको पैसा बचतकर्तालाई वितरण गर्ने जनाएको छ।