काठमाडौं। एनएमबी बैंक र नेपाल घरेलु तथा साना उद्योग (एफएनसिएसआइ) संगठनबीच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सहमति भएको छ।
सम्झौता अनुसार बैंकसँगको सहकार्यमा एफएनसिएसआईले वित्तीय साक्षरता कार्यक्रम आफ्ना ४५ हजार सदस्यहरु माझ संचालन गर्नेछ। यसम्धये ९ हजार सदस्यहरु महिला उद्यमी रहेका छन्।
वित्तीय साक्षरता कार्यक्रम लघु, साना तथा मझौला उद्यमहरुको पक्षमा केन्द्रित हुनेछ जहाँ यस कार्यक्रमले सहभागी प्रशिक्षार्थीहरुलाई आर्थिक स्रोत सुनिश्चित गर्ने र श्रोतको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिने छ।
वित्तीय साक्षरता कार्यक्रमबाट सहभागीहरुले प्रभावकारी आर्थिक निर्णयहरु लिन सक्षम हुने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए।
आशय पत्रमा बैंकको प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र एफएनसिएसआईका महासचिव डम्बरप्रसाद रेग्मीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।