BIZMANDU
www.bizmandu.com

अन्तिम तीन मिनेटमा ५ अंकले बढेको शेयर बजारमा १० अंकको सुधार, ३८ करोडको कारोबार

२०७५ मंसिर १८

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १०.२७ अंकले बढेको छ। कारोबारको अधिकांश अवधिमा उतारचढाव देखिएको बजार अन्तिम तीन मिनेटमा भने पाँच अंकले बढेको थियो। 

Tata
GBIME
Nepal Life

बैंक तथा वित्तीय संस्थामा स्थानीय निकायको पैसा आउने जसले गर्दा तरलतामा केहि सुधार आउने अपेक्षाले बजार सुधार हुने मद्दत गरेको लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले बताए। 

सोमबार नेपाल धितोपत्र बोर्डले शेयर बजारको विकास र विस्तारको लागि नेप्सेलार्इ उपत्यका बाहिर ब्रोकर सञ्चालन हुने गरि ब्रोकर लाइसेन्स प्रदान गर्ने निर्देशन दिएकोले बजार बढ्न थप टेवा पुर्याएको उनले बताए। 

बोर्डले निर्देशन दिएसँगै ब्रोकरले केहि कार्यविधि बनाएर ब्रोकर लाइसेन्स प्रदान गर्ने प्रकृया अगि बढाउने नेप्सेले जानकारी दिएको छ। 

बजार सूचक ०.९१ प्रतिशतले सुधार हुँदा कारोबार १६१ कम्पनीको ३८ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ। सबैभन्दा धेरै नेपाल बैंकको ११ करोड ४२ लाख रुपैयाँको करोबार भएको छ। 

त्यस्तै १६ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको ग्लोबल आइएमर्इको तीन करोड ३७ लाख रुपैयाको कारोबार भएको छ। २६ प्रतिशत नगद लाभांस घोषणा गरेको लक्ष्मी लघुवित्त वित्तीय संस्थाको कारोबार १० अंकले बृद्धि हुँदा सर्किट लागेको छ। त्यस्तै महिना सहयात्री माइक्रोफाइनान्सको कारोबार ९.९१ प्रतिशतले घट्दा सर्किट लागेको छ।    

ट्रेडिङ र होटलको सूचक बाहेक सम्पुर्ण सूचक तथा उपसूचक बढेका छन्।