BIZMANDU
www.bizmandu.com

केएल दुगड समूहले ल्यायो ज्ञान कोदोको पिठो, एक किलोको प्याकेट

२०७५ मंसिर ११

केएल दुगड समूहले ल्यायो ज्ञान कोदोको पिठो, एक किलोको प्याकेट
केएल दुगड समूहले ल्यायो ज्ञान कोदोको पिठो, एक किलोको प्याकेट


काठमाडौं। लामो समयदेखि नेपाली बजारमा ज्ञान ब्राण्डका विभिन्न खाद्यपदार्थहरु बिक्री गर्दै आएको केएल दुगड समूहले ज्ञान ब्राण्डमा कोदोको पिठो पनि ल्याएको छ।

GBIME
Tata

ज्ञान ब्राण्डमा मैदा, आँटा, रहर, मसुर, चना दाल तथा बासमती चामल उत्पादन गर्दै आएको के एल दुगड समूहले कोदोको  पिठो बजारमा ल्याएको हो।

ग्राहकका मौलिक पौष्टिक खाद्यपदार्थको आवश्यकतालाई पूर्ति गर्न भन्दै दुगड समूहले १ केजी प्याकमा पिठो ल्याएको हो। ज्ञान कोदोको पिठो स्वच्छ तथा गुणस्तरयुक्त भएको कम्पनीको दावी छ। 

पिठो उत्पादनको लागि आफ्नै अत्याधुनिक तथा स्वचालित कारखानामा उत्पादन गरिने कम्पनीले जनाएको छ। पिठो विभिन्न डिपार्टमेन्टल स्टोर तथा रिटेल पसलहरुमा समेत देशभरी नै उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ।