BIZMANDU
www.bizmandu.com

सामुदायिक लघुवित्तको प्राथमिक शेयर सोमबार बाँडफाँड, २७ हजार तीनसयले पाए १० कित्ता शेयर

२०७५ मंसिर १०


काठमाडौं। सामुदायिक लघुबित्त वित्तीय संस्थाको प्राथमिक शेयर सोमबार बाँडफाँड भएको छ।

Tata
GBIME
Nepal Life

१० कित्ताका दरले  २७ हजार तीन सय आवेदकलाई शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेन्टले जनाएको छ। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो।
 
प्राथमिक शेयरमा दुई लाख ५५ हजार तीन सय १६ आवेदन परेको थियो।एक करोड ६५ लाख ७७ हजार ११० कित्ताकोलागि आवेदन परेको थियो। त्यसमा ६ सय ४९ आवेदकले गरेको ४७ हजार ३६० कित्ता आवेदन रद्द  भएको थियो।   
   
संस्थाले प्रति शेयर १०० रुपैयाँको दरमा सर्वसाधारणकालागि दुर्इ लाख ७३ हजार कित्ता शेयर छिटोमा मंसिर निष्कासन गरेको थियो। जसमा १२ हजार कित्ता कर्मचारीहरूकालागि र १५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ।

प्राथमिक शेयर निष्कासनसँगै संस्थाको चुक्ता पूँजी संस्थापकतर्फको ७० प्रतिशत अर्थात ७ करोड रुपैयाँ र सर्वसाधारण तर्फको ३० प्रतिशत अर्थात तीन करोड रुपैयाँ पुग्नेछ।