BIZMANDU
www.bizmandu.com

ब्रेकिङ सिस्टमपछि एनएसीको नयाँ जहाजमा कार्गोको ढोकामा देखियो समस्या, अब आइतबारमात्रै उडान


ब्रेकिङ सिस्टमपछि एनएसीको नयाँ जहाजमा कार्गोको ढोकामा देखियो समस्या, अब आइतबारमात्रै उडान
ब्रेकिङ सिस्टमपछि एनएसीको नयाँ जहाजमा कार्गोको ढोकामा देखियो समस्या, अब आइतबारमात्रै उडान


काठमाडौं। नेपाल वायुसेवा निगमको नयाँ जहाजको ब्रेकिङ सिस्टमनै परिवर्तन गरेपछि फेरी अर्को समस्या देखिएको छ। कार्गो ढोकामा समस्या देखिएपछि वुधबारदेखि नियमित उडानमा लैजाने भनिएको जहाज आइतबारलार्इ सरेको छ।

Tata
GBIME
Nepal Life

ब्रेकिङ सिस्टममा समस्या देखिएपछि १३ दिनदेखि ग्राउण्डेड रहेको दुई सय ७४ सीटको एयरबस ३३०'अन्नपुर्ण' को कार्गो ढोका 'एभियोनिक्स कार्गो डोर' मा समस्या देखिएको छ।

'एयरबस कम्पनीबाट ब्रेकिङ सिस्टमको सामान आइसकेको छ। मर्मत सम्भार सुरु भइसकेको छ। तर जहाजको कार्गोको ढोका पनि मर्मत गर्नुपर्ने देखिएको छ। एयरवसले छिट्टै जहाजमा 'एभियोनिक्स कार्गो डोर'को सामान पठाइदिन्छु भनेको छ। शनिबारसम्म जहाजको मर्मत सकिएर आइतबारबाट नियमित उडान हुनेछ।' निगम स्रोतले भन्यो।

निगमसँग भएको बोइङ  ७५७ 'गण्डकी' मर्मतका लागि मलेसियाको क्वालालम्पुर लगिएको छ भने अन्नपूर्ण पनि ब्रेकिङमा समस्या आएर ग्राउण्डेड भएकाले उडान तालिका प्रभावित हुँदै आएको छ।

अहिले निगमसँग भएको तीन वटा जहाजले दोहा, क्वालालम्पुर, हङकङ, सिंगापुर, बैंकक, मुम्बर्इ, दिल्ली, बैंग्लोर लगायतका गन्तब्यमा उडान गर्दै आएका छन्। दुर्इवटा जहाज नहुँदा प्रत्येक गन्तब्यका उडान एकदेखि दुर्इ घण्टा ढिला भइरहेको छ।