BIZMANDU
www.bizmandu.com

सानिमा जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता, बैंकका ग्राहकलाई ब

२०७५ मंसिर ४


काठमाडौं। सानिमा जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच निर्जीवन बीमा सेवा दिने बारे बैंकास्योरेन्स सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

यस सम्झौतापछि सानिमा जनरल इन्स्योरेन्सका निर्जीवन बीमा सेवाहरु मुक्तिनाथ बैंकका बिभिन्न शाखाहरुमा उपलब्ध हुने बताइएको छ।

सम्झौतापत्रमा सानिमा जनरल इन्स्योरेन्सका नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठ र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेलले हस्ताक्षर गरे।

सानिमा जनरल इन्स्योरेन्सको अधिकृत पूँजी १ अर्ब ५० करोड रुपैयाँ जारी पूँजी १ अर्ब र चुक्ता पूँजी ७० करोड रहेको बिज्ञप्तीमा उल्लेख छ।
कम्पनीका अनुसार आगामी आर्थिक वर्षभित्र ३० करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणकालागि जारी गरी चुक्ता पूँजी १ अर्ब पुर्याउने लक्ष्य रहेको छ।