BIZMANDU
www.bizmandu.com

अमेरिकी डलरको भाउ घट्न थाल्यो, एक डलर बराबर ११४ रुपैयाँ ४३ पैसा, आयातित वस्तु सस्तिने

२०७५ मंसिर ४

अमेरिकी डलरको भाउ घट्न थाल्यो,  एक डलर बराबर ११४ रुपैयाँ ४३ पैसा, आयातित वस्तु सस्तिने
अमेरिकी डलरको भाउ घट्न थाल्यो, एक डलर बराबर ११४ रुपैयाँ ४३ पैसा, आयातित वस्तु सस्तिने


काठमाडौं। अमेरिकी डलरको भाउ घट्न थालेको छ। डेढ महिना अघि अहिलेसम्मकै महँगो भएको अमेरिकी डलरको विनिमय दर मंगलबारका लागि ११४ रुपैयाँ ९३ पैसा तोकिएको छ।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि डलरको खरिद दर ११४ रुपैयाँ ३३ पैसा र बिक्री दर ११४ रुपैयाँ ९३ पैसा तोकेको हो। असोज अन्तिममा डलर सर्वाधिक बलियो हुँदा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भएको थियो। त्यतिबेला एक डलरको भाउ ११८ रुपैयाँ ८० पैसासम्म पुगेको थियो।

भारतीय मुद्राको बसलीकरणसँगै डलरको भाउ पनि घट्न हुन थालेको छ। भारुसँगको स्थिर बिनिमय दरका कारण भारु तलमाथि हुँदा नेपाली रुपैयाँ पनि प्रभावित हुन्छ। पछिल्ला केही दिनयता अमेरिकी डलरको विनिमय दर घट्दै गएको थियो। डलरको भाउ घट्दा आयातित वस्तु सस्तिन्छ। डलरको भाउ घटेका कारण नेपाल आयल निगमको नोक्सानी समेत कम भएको छ।