BIZMANDU
www.bizmandu.com

अबको पाँच बर्षमा करदाताको संख्या १२ लाख बढाइने, मूल्य अभिबृद्धि करमा सरकारको स्किम

२०७५ कात्तिक ३०

अबको पाँच बर्षमा करदाताको संख्या १२ लाख बढाइने, मूल्य अभिबृद्धि करमा सरकारको स्किम
अबको पाँच बर्षमा करदाताको संख्या १२ लाख बढाइने, मूल्य अभिबृद्धि करमा सरकारको स्किम

काठमाडौं। सरकारले अबको ५ बर्षमा १२ लाख करदाता बढाउने लक्ष्य राखेको छ। आन्तरिक राजस्व विभागले त्यस अवधिमा कूल करदाता संख्या ३० लाख पुग्ने जनाएको छ।

Tata
GBIME
Nepal Life

सातौँ राष्ट्रिय कर दिवसको पूर्व सन्ध्यामा पत्रकार सम्मेलन गर्दै विभागका महानिर्देशक विष्णुप्रसाद नेपलाले मूल्य अभिवृद्धि कर तथा आयकर तिर्ने करदाता बढाउने लक्ष्य राखिएको जानकारी दिए।

‘कर सहभागिता बढाई दायरामा नआएका करदातालाई करको दायरामा ल्याउने छौँ,’ नेपालले भने, ‘वस्तुनिष्ठ कर प्रणाली र स्वच्छ प्रशासन हाम्रो अभियान हो, हामी त्यसैअनुसार अघि बढिरहेका छौँ।’

सरकारले जनतालाई जागरुक गराउने गरी कर दिवस मनाउन खोजेको उनले जानकारी दिए। ‘निजी क्षेत्र र सरकार मिलेर अघि बढ्छौँ, जनताको जागरुकता र कर सहभागिता बढाउन हामी लागिरहेका छौँ,’ उनले भने, ‘सरकारले ल्याउने नीतिमार्फत व्यावसायिक नीति बनाउन निजी क्षेत्रलाई सहयोग गर्दछ, त्यसका लागि सबै पक्षको सहभागिता आवश्यक पर्छ।’

यस्तै विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेलले मूल्य अभिवृद्धि करको विवरण नबुझाउने करदाताका लागि ‘स्किम’ ल्याएको भन्दै त्यसले उनीहरुलाई सहजता दिने दावी गरे।

सरकारले मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरेको छ। कर दिवसका अवसरमा शनिबार विभिन्न क्षेत्रका १५ उत्कृष्ट करदाता र राजस्व प्रशासनका १० कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम तय गरेको छ।