BIZMANDU
www.bizmandu.com

सानिमा बैंकलाई १४% नगद लाभांस वितरण गर्न स्वीकृति, दर्जन बैंक लाइनमा, तिहारपछि मात्र वितरण

२०७५ कात्तिक १४

सानिमा बैंकलाई १४% नगद लाभांस वितरण गर्न स्वीकृति, दर्जन बैंक लाइनमा, तिहारपछि मात्र वितरण
सानिमा बैंकलाई १४% नगद लाभांस वितरण गर्न स्वीकृति, दर्जन बैंक लाइनमा, तिहारपछि मात्र वितरण

काठमाडौं। नेपाल राष्ट्र बैंकले सानिमा बैंकलाई लाभांसका लागि स्विकृति दिएको छ। केन्द्रीय बैंकले सानिमा बैंकलाई नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार लाभांस वितरणका लागि स्वीकृति दिएको हो।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ८ अर्ब पुर्याएपछि सानिमा बैंकलाई १४ प्रतिशत नगद लाभांस वितरण गर्न स्वीकृति दिएको हो। बैंकले दसैं अगाडि नै साधारणसभा गर्न चाहे पनि एनएफआरएस अनुसार लाभांस वितरण गर्न अन्यौलता भएपछि वल्ल स्वीकृति पाएको हो।

सानिमाले पहिलो चरणको स्वीकृति पाएको हो। बार्षिक साधारण सभाको अन्तिम स्वीकृति पाउन भने बाँकी छ। 

सानिमा बैंकवाहेक अन्य दर्जन बैंकले साधारणसभा स्वीकृतिका लागि माग गरेका छन्। ती बैंकको वित्तीय विवरण अध्ययन गरिरहेको राष्ट्र बैंकले जनाएको छ।

एनएफआरएसका कारण तिहारअघि कुनै पनि बैंकले बार्षिक साधारणसभा गरेर लाभांस वितरण गर्न नपाउने भएका छन्। एनआइसी एसिया, एभरेष्टलगायत बैंकले दसैं अघि नै साधारणसभाका लागि लाभांस प्रस्ताव गरेका थिए।