BIZMANDU
www.bizmandu.com

नेपाल बैंकमा दशजना चार्टर्ड एकाउन्टेन्टलाई जागिरको अवसर, माग्यो तीन प्रवन्धक र सात उपप्रवन्धक

२०७५ कात्तिक ६


काठमाडौं। नेपाल बैंक लिमिटेडले १० जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ। बैंकले प्रवन्धक पदकालागि तीनजना र उप प्रवन्धककालागि ७ जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको हो।

Tata
GBIME
Nepal Life

प्रवन्धक पदकालागि चार्टर्ड एकाउन्टेन्सीको प्रमाणपत्र प्राप्त गरी बाणिज्य बैंकमा दुर्इ वर्ष या विकास बैंकमा तीन वर्षको काम गरेको अनुभव हुनु पर्ने जनाएको छ।

त्यस्तै उपप्रवन्धककालागि मान्यता प्राप्त संस्थाबाट चार्डर्ड एकाउन्टेन्सी प्रमाणपत्र प्राप्त गरेको हुनु पर्ने योग्यता तोकेको छ।

प्रवन्धककालागि २१ वर्ष पुरा भइ ४५ ननाघेको हुनुपर्छ भने उप प्रवन्धककालागि ३५ वर्ष नकटेको हुनु पर्ने उल्लेख छ।  बैंकले करार सेवाकालागि दरखास्त आह्वान गरेको हो। इच्छुक आवेदकले अबको २१ दिन भित्रमा आवेदन दिनु पर्ने बैंकले जनाएको छ।