BIZMANDU
www.bizmandu.com

बजारमा पुग्यो नक्कली नोट, सक्कली र नक्कली नोट यसरी सजिलै चिन्न सकिन्छ, हेर्नुस् विवरण

२०७५ कात्तिक ६

काठमाडौं। प्रहरीले नक्कली नेपाली नोटसहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार राती किर्तीपुर नगरपालिका मच्छेगाँउ ४ बाट पक्राउ गरेको थियो। कोठा भाडामा लिएर कारखाना नै खोली नक्कली नोट छाप्ने गरेको परिसरका एसएसपी वसन्त लामाले जानकारी दिए।

Tata
GBIME
Nepal Life

प्रहरीले नक्कली नोट छाप्ने मेसिन, नक्कली नोटकालागि आवश्यक कागज र नक्कली नोट समेत बरामद गरेको थियो। प्रहरीले उनीहरुबाट ३ लाख ७० हजार रुपैयाँको तयारी अवस्थामा रहेको नक्कली नोट बरामद गरेको थियो।

प्रहरीले मुख्य योजनाकार २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ,२५ वर्षीय नारायण श्रेष्ठ, २५ वर्षीय सहिल थापा,२८ वर्षीय राज श्रेष्ठ र २९ वर्षीय विकास दोचेलाई सार्वजनिक गरेको थियो।

उनीहरुले अहिलेसम्म पाँच लाख बराबरको नक्कली नोट छापिसकेको एसएसपी लामाले बताए। एसएसपी लामाले भने,'प्रारम्भिक अनुसन्धानमा पाँच लाख रुपैयाँ छापिसकेको देखिएको छ। १ लाख ३० हजार रुपैयाँ भेटिएको छैन।'

एसएसपी लामाले नक्कली नोट बजारमा गएकाले कारोबार गर्दा ध्यान दिन समेत अनुरोध गरेका छन्।'यदि कसैसँग शंकास्पद नोट भए प्रहरीकोमा बुझाउनु होला। हामी तपाईहरुलाई सहयोग गर्छौं।'

कसरी चिन्ने सक्कली र नक्कली नोट
 

 

DV.load(“https://www.documentcloud.org/documents/4953265-Process-to-Identify-Fake-Notes-2.js”, {
width: 810,
height: 1000,
sidebar: false,
text: false,
pdf: false,
container: “#DV-viewer-4953265-Process-to-Identify-Fake-Notes-2”
});